arrow

सरकारले तमासा देखाइरहेको ओलीको आरोप [भिडियो]

ओलीको प्रश्न- ज्यान मार्ने धम्की दिनेहरूलाई सरकारले किन पक्राउ नगरेको ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
oli-uml-office.jpg

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले तमासा देखाइरहेको बताएका छन् ।  सरकार आफैँले मुलुकमा आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहित गरेर तमासा देखाइरहेको आरोप ओलीले लगाएका हुन् ।  अध्यक्ष ओलीले काँग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटना र ताप्लेजुङमा डिएसपीसहित उनको परिवारलाई मार्छु भन्ने धम्की दिनेलाई नियन्त्रणमा नलिएर सरकारले आतङ्ककारी गतिविधिलाई प्रोत्साहित गरिरहेको बताए । 

आतंकारीहरुलाई, असामाजिक, अमानवीय, असंवैधानिक, गैरकानूनी क्रियाकलापमा साथ दिन्न भनेर डिएसपी राजन राईले भनेपछि त्यसलाई सहन नसकेर उनी र उनको परिवारलाई ज्यान मार्ने धम्की दिनेहरूलाई सरकारले किन पक्राउ नगरेको ? भनी प्रश्न समेत गरे। 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा तेजावबिरुद्ध आयोजित कार्यक्रममा बोल्दै  अध्यक्ष ओलीले भने एक हप्ता अघि नै खुकुरी हान्छु भन्नेलाई सरकारले नियन्त्रणमा नलिँदा काँग्रेस नेतामाथि खुकुरी प्रहार भएको भन्दै त्यस्ता कुरालाई बेलैमा नियन्त्रण नगरेको भन्दै सरकारको आलोचना गरे । काट्छु, मार्छु भनेर समाजमा विद्वेष फैल्याउनेहरुलाई पनि नियन्त्रणमा नलिएर सरकारले तमासा देखाइरहेको ओलीको भनाई थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ