arrow

पहिरोले अवरुद्ध केआईसिंह राजमार्ग अझै खुलेन, यात्रुको विचल्ली

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८० भदौ २४ आइतबार
ki-singh-rajmarga-2080.jpg

डडेल्धुरा । पहिरोका कारण शनिबार रातिदेखि अवरुद्ध केआइसिंह राजमार्ग अझै खुल्न सकेको छैन ।  डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवा खोलामा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकका अनुसार राजमार्ग माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको हो । 

उनका अनुसार राजमार्गको माथिबाट पहिरोले ढुङ्गा र रुखहरू बगाएको र निरन्तर वर्षाका कारण अझै राजमार्ग चालु गर्न सकिएको छैन ।

तराईबाट तीन पहाडी जिल्ला डोटी, अछाम र बाजुरा तथा पहाडबाट तराई झर्ने सवारीका साधनबीच बाटो मै रोकिएका छन् ।

निरन्तर वर्षा भइरहेकाले सडक खोल्न अझै समय लाग्ने बताइएको छ । यात्रु भने विचल्लीमा परेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ