arrow

आनन्दराज खनालको गीत सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
timile-rojeko-aanandaraj-khanal.jpg

काठमाडौँ । गीतकार आनन्दराज खनालको नयाँ गीत सार्वजनिक भएको छ । उनको गीत ‘तिमीले रोजेको मान्छे’ सार्वजनिक भएको हो ।

उनले आफ्नै युट्युब च्यानलमा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । खनालकै शब्दमा रहेको उक्त गीतमा दीपक शर्माले संगीत भरेका छन् भने सुशान्त गजुरेलले संगीत संयोजन गरेका छन् । गीतमा सविन सुवेदी र अनु चौधरीको स्वर रहेको छ । 

भिडियोमा गीतकार, संगीतकार, संगीत संयोजक, गायक–गायिकासँगै बसेर अभिनय गरेको दखिन्छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा परिचित खनाल पछिल्लो समय गीत लेखनमा पनि उत्तिकै सक्रियपूर्वक लागेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ