arrow

३२ वर्षअघि तीजमा कुटेको प्रसङ्ग निकाले ओलीले [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
kp-oli-congress-kutai.jpg

काठमाडौं । ३२ वर्षअघि २०४८ सालको तीजमा नेपाली कांग्रेसाले महिलादिदीबहिनीहरूलाई कुटपिट गरेको आरोप नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन् । तीजको अवसर पारेर पार्टी निकट महिला सङ्गठनले गरेको कार्यक्रममा ओलीले ३२ वर्षअघि तीजमा कुटेको प्रसङ्ग निकालेका हुन् । 

उनले भने,' २०४८ सालमा तीजको कार्यक्रम गर्दा राति अर्घाखाँचीमा नेपाली कांग्रेसका कार्यकर्ताहरू भेला भएर महिला दिदी बहिनीहरूलाई कुटपिट गरेर लछारपछार गरेर बालबच्चा खोसेर लगेर मकैबारीमा फालिदिएर आतङ्क मच्चाएका थिए । तीजको रातमा ०४८ सालमा कांग्रेसको सरकार भएको बेलामा । समस्या सामाधान गर्न पछि म जानु परेको थियो' 

उनले वर्तमान परिस्थितिमा पनि मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्त्वहरू क्रियाशील रहेको बताए । जात-जात, वडा-वडा, पालिका-पालिका मिलेर बसेको देख्न नसक्नेहरूले मुलुकमा साम्प्रदायिक विद्वेष फैल्याउने काम गरिरहेको ओलीको भनाई थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ