arrow

आज सर्वदलीय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
bagmati-pradesh-hetuda1.png

काठमाडौं । आज बागमती प्रदेशमा सर्वदलीय बैठक बस्दै छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आजका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

बागमती प्रदेशसभामा एमालेसहितका विपक्षी दलको चेतावनीपछि बस्न नसकेको प्रदेशसभा बैठक सञ्चालनका सम्बन्धमा सभामुख पाठकले भदौ २४ गते आइबतार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् । 

आइतबारको सर्वदलीय बैठकबाट सहमति जुट्न सकेको अवस्थामा आज बिहान ११ बजे सदन सञ्चालन हुनेछ । गत असार २२ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको छैन । 

भदौ १८ गतेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक पनि सरकार र विपक्षी दलबीच सहमति हुन नसकेपछि तीनपटक स्थगित भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ