arrow

प्रतिनिधि सभा बैठक

प्रधानमन्त्रीले आयोगको प्रतिवेदन पेश गर्दै, मन्त्रीले जवाफ दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
prachanda-2080-05-12f.jpg

काठमाडौं । आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय महिला आयोगको प्रतिवेदन पेश गर्ने भएका छन् ।

आज दिउँसो १ बजेबाट शुरु हुने बैठकमा प्रचण्डले आयोगको १५ औँ वार्षिक प्रतिवेदन (२०७८ श्रावणदेखि आषाढ मसान्तसम्म) पेश गर्ने कार्यसूची रहेको छ । 

साथै बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अर्थ मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ