arrow

मानव सभ्यताकै कलङ्क मानव बेचबिखन तथा ओसारपसार : केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २० बुधबार
kp-sharma-oli-2080-02-03.jpg
तस्बिर-फाइल

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्कका रूपमा रहेको बताउँदै यसविरुद्ध सचेतना जगाउन आह्वान गरेका छन् । 

मानव बेचबिखनविरुद्धको १७आँैं राष्ट्रिय दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले मानव बेचबिखन तथा ओसारपसार गर्ने प्रवृत्ति विरुद्ध एकजुट भएर लाग्न आग्रह गरेका हुन् । 

अध्यक्ष ओलीले आफ्नो पार्टी सामाजिक न्याय, मानवता, नागरिकको समान अधिकार र अवसरका लागि आन्दोलनको अगुवाइ गरिरहेको जनाउँदै मानव बेचबिखन तथा ओसारपसार विरुद्धका हरेक अभियानमा एमाले निष्ठापूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । 

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि उचित नीति तर्जुमा गरी भरपर्दाे कानूनी र संरचनात्मक आधार तय गर्न उनले आग्रह सरकारसँग आग्रह पनि गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ