arrow

फेरि स्थगित भयो बागमती प्रदेश सभा बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २० बुधबार
parliament-bagmati-province.jpg
तस्बिर – फाइल ।

मनहरि । आजको लागि तय गरिएको बागमती प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।

यसअघि गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०–८१ को बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि बस्ने तय गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ