arrow

कोशी सरकार

कोशीविरुद्धको रिटमाथि सर्वोच्चमा आज पनि सुनुवाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
supreme-court-सर्वोच्च अदालत.jpg

काठमाडौं ।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । 

सोमवार पूर्ण इजलासमा सुनुवाइ शुरु गरिएको उक्त रिट निवेदनमाथि बहस जारी रहेकाले ‘हेर्दाहेर्दै’मा राखिएको थियो । 

आइतबार सर्वोच्च अदालतका न्यायाधीश द्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिट निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । 

सोही आदेश अनुसार सोमवार न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीसहितको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ शुरु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ