arrow

यी न्यायाधीशबीच पूर्ण इजलासमा हुँदैछ कोशी सरकारविरुद्ध मुद्दाको सुनुवाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
supreme-court-सर्वोच्च अदालत.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटको सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।  

सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा कोशी सरकारविरुद्ध परेको सिटमाथि सोमबारबाट निरन्तर सुनुवाइ हुन लागेको हो । 

मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीले समेत विश्वासको मत दिएका थिए । तर उक्त कार्य असंवैधानिक भन्दै एमालेका हिक्मत कार्कीले सर्वोच्चमा रिट दिएका हुन् । 

उक्त रिटमाथि पूर्ण इजलासमा सुनुवाइ गर्न आइतबार सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले आदेश दिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ