arrow

नेपालको सम्पत्ति नबेच्न विदेशमा रहेका नेपालीलाई आचार्यको अपील

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
kul-acharya-nrna-2023.jpg

लन्डन । गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले संसारभरि रहेका नेपालीहरुलाई नेपालमा रहेको आफ्नो सम्पत्ति बेचबिखन नगर्न अपील गरेका छन् ।

गत आइतबार बेलायतको केम्प्टन पार्क रेसकोर्समा हजारौँ नेपालीहरुको उपस्थितिमा तमु धीं युकेद्वारा आयोजित नेपाली मेलालाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले गैर आवासीय नेपाली नागरिकता छिट्टै कार्यान्वयनमा ल्याउने तयारी भै रहेकोले नेपालमा रहेको आफ्नो सम्पत्तिको बारेमा ढुक्क हुन आग्रह गरे ।

‘यही अक्टोबर महिनाभित्रै गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा आउँछ ।अब डराउनु पर्ने अवस्था छैन । संविधानले नै हाम्रो सम्पत्तिको अधिकार प्रत्याभूत गरेको छ । त्यसैले हामी जन्मिएको भूमिको माटो बेचेर विदेशमा पैसा नल्याइ दिनुहोला,’ उनले भावुक हुँदै भने ।

उनले सहमतिको आधारमा चुनिएको गैर आवासीय नेपाली संघको नयाँ टिमले काम थाले यता गैर आवासीय नेपाली नागरिकता, सामाजिक सुरक्षा, नेपालमा गर्ने लगानीको क्षेत्रमा प्रगति भएको बताए ।  

गैर आवासीय नेपालीहरुलाई सहज हुने गरी जतिसक्दो छिटो  गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न शुरु गर्न पनि आफूले नेपाल सरकारसँग व्यक्तिगत र संस्थागत रुपमा पहल गर्दै आएको उनले बताए ।

त्यस्तै केही समय यता सामाजिक संजालमा सामाजिक सद्भाव बिगार्ने कुराहरु देखिएक भन्दै सजग हुन पनि उनले आग्रह गरे। ‘हामीले बनाएको सद्भाव,  हाम्रो कर्मको मूल्यांकन गर्ने जिम्मा तपाईंहरुको हो, संसारभरिका नेपालीहरुको हो,’ उनले भने ।

नेपालको संसदको दुवै सदनबाट दुई, दुई पटक पारित भएको नागरिकता संशोधन विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि उक्त विधेयक ऐन बनेको छ। सोही कानूनको अधीनमा रही नियमावली तयार भै सकेको र अब छिट्टै लागू हुने गृह मन्त्रालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ