arrow

ओलीले भने- रोप्ने बवुलको रुख खोज्ने स्याउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
oli-chunauti.jpg

लुम्बिनी । एमाले अध्यक्ष  केपी शर्मा ओलीले एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको बताइका छन् । 

लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै यस्तो बताएका हुन् । 

उनले एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको भन्दै, “रोप्ने बवुलको रुख खोज्ने स्याउ”, उनले भने, “हामीले सुरु गरेका विकासका योजना अहिले सबै अलपत्र छन् ।”

अध्यक्ष ओलीले लुम्बिनी प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने बताए ।

 उनले एमालेका नेता तथा कार्यकर्ता पार्टीभित्र एकताका लागि प्रतिबद्ध हुनुपर्ने र विरोधीसँग लड्नुपर्ने बताए ।

ओलीले एमालेको लडाइँ सधैँ प्रतिक्रियावादी, विकास र समृद्धिका विरोधीसँग हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ