arrow

कोशीको कहर बाँकी, सरकारविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
supreme-court-सर्वोच्च अदालत.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सर्वोच्च अदालतमा दायर कोशी प्रदेश सरकारविरुद्ध मुद्दाको शुक्रबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।  

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा उक्त रिटको सुनुवाइ परेको थियो । तर न्यायाधीश खतिवडाले प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेकाले शुक्रबारको सुनुवाइ हेर्न नमिल्ने बताएपछि सुनुवाइ स्थगित भएको हो ।  

 यही ४ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिने क्रममा बैठकको अध्यक्षता गरेकाको मत लिनु गैरसंवैधानिक हुने दाबीसहित एमालेका हिक्मत कार्कीले सर्वोच्चमा रिट दिएका हुन् ।

७ भदौमा उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै  खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो ।

तर फैसला छिटो नहुँदा दैनिक खर्चमासमेत अन्योल छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ