आजबाट प्रज्ञा भवनमा गाईजात्रा : मदन भण्डारी र बीपी कोइरालाको स्वर्गमा संवाद
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
7.1k
Shares
काठमाडौँ । यस वर्षको गाईजात्राका अवसरमा ब्राण्डवर्थ प्रालिले यही भदौ १३ गतेदेखि १८ गतेसम्म गाईजात्रा महोत्सव गर्ने भएको छ । ‘२०८० सालको गाईजात्रा’ नाम दिइएको उक्त कार्यक्रममा नेपालको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने र महोत्सवमा हाँस्यव्याङ्ग्य कलाकारको प्रस्तुति रहने कलाकार मनोज गजुरेलले जानकारी दिए ।
गजुरेल एमालेका दिवंगत नेता मदनकुमार भण्डारीको स्वरुपमा बाहिर आउँदैछन् । बीपी कोइरालाको भूमिकामा कलाकार चक्र दवाडी देखिनेछन् । मदनकुमार भण्डारीले 'स्वर्गालय'मा कांग्रेसका दिवंगत नेता बीपी कोइरालासँग संवाद गर्ने छन् ।
जेसीस, लायन्सलगायत संस्थासँगको सहकार्यमा ब्राण्डवर्थ प्रालिले उपत्यका बाहिर पनि गाईजात्रा आयोजना गर्दैछ । विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना, दाङमा कार्यक्रम हुने भएको छ ।
कोरोना महामारीका समयमा दुईवटा वर्षमा पनि डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरञ्जन र मोटिभेसन गरेको यस प्रालिले यस पटक पनि रङ्गमञ्च सँगसँगै टेलिभिजनमा पनि ‘डिजिटल गाईजात्रा’ प्रसारण गर्नेछ ।