arrow

बागमती प्रदेश सभाको बैठक १८ गते

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
parliament-bagmati-province.jpg
तस्बिर-फाइल

मकवानपुर । बागमती प्रदेश सभाको बैठक अधिवेशन यही भदौ १८ गते दिउँसो १ः३० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ ।

सोही दिनको ११ः३० बजे संसद् सचिवालयमा कार्यपरामर्श व्यवस्थापन समितिको बैठक बसेर अपराह्नमा बस्ने संसद् बैठकको लागि कार्यसूची तयार पार्ने भएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

गत असार २१ गते बसेको प्रदेशसभाको बैठकले सरकारको विभिन्न दुई वटा विधेयक पारित गरिएपछि अर्को सूचना जारी नभएसम्मको लागि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका थिए । 

उक्त दिन बस्ने बैठकमा प्रदेशसभाका सदस्यलाई उपस्थित हुन सूचना सम्पे्रषित गरिसकेको पनि प्रदेशसभा सचिवालयले जनाएको छ ।

त्यसैगरी बागमती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारको तर्फबाट एउटा नयाँ विधेयक आज दर्ता गरिएको छ ।

प्रदेशसभा सचिवालयमा दर्ता गरिएको विधेयक विज्ञान प्रवृत्ति, नवप्रर्वधन तथा विकास कोष सञ्चालन गर्न बनेको विधेयक, २०८० रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ