arrow

सार्क अहिले भेन्टिलेसनमा : ओली [भिडियो]

हाम्रो असंलग्न परराष्ट्र नीति धरमराएको देखिन्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
kp-sharma-oli-2080-.JPG

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले  दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) अहिले भेन्टिलेसनमा गएको अवस्था पुगेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले भने हामी संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्न आन्दोलनका सिद्धान्तहरू, हामीसँग सार्क बनेको थियो । र, सार्कले लगभग तीन दशक, चार दशकसम्म लगभग काम गर्‍यो । अहिले सार्क ज्युँदो छ वा छैन, हुने हो कि होइन ? त्यो भेन्टिलेसनमा गएको अवस्था छ । 

उनले असंलग्न परराष्ट्र नीतिमा धरमराएको समेत टिप्पणी गरे उनले भने,' हामी असंलग्न परराष्ट्र नीतिमा सदैव अडिग रहेका, त्यो असंलग्न परराष्ट्र नीति म आजै परराष्ट्रमन्त्रीज्युसँग यस सम्बन्धमा छलफल गर्न चाहन्न । प्रश्न मात्रै उठाउन चाहन्छु । असंलग्न परराष्ट्र नीति, हाम्रो तटस्थता, हामी असंलग्न राष्ट्रहरूको सङ्गठन, त्यसका संस्थापक समस्या मध्येका हौँ । असंलग्न राष्ट्रहरूले अवलम्बन गर्नुपर्ने आधारभूत नीतिहरू पञ्चशील, अहस्तक्षेपका, सार्वभौमसत्ताको सम्मानका कुरा, आन्तरिक मामिलामा अहस्तक्षेपका कुरा, हस्तक्षेप नगर्ने कुरा, एक अर्काको सम्मान गर्ने कुरा, पारस्परिक लाभ र पारस्परिक सम्मानका लागि काम गर्ने कुरा जस्ता प्रश्नहरू हाम्रा नीतिहरू रहिआएका छन् । कुनै पनि सैन्य पक्षधरता, सैन्य गुटतिर सरिक, संलग्न नहुने र पक्षधरता पनि नलिने रणनीति हाम्रो सदैव शान्तिको पक्षधर नीति । हामी हतियारको निर्माण, परमाणु अस्त्रहरूको वा केमिकल्प वेपन्सको कुनै पनि हतियारहरूको निर्माण गर्नुहुँदैन भन्ने पक्षमा रहिआएका छौं । हामी कहीँ द्वन्द्व पैदा भयो भने त्यस्तोलाई संवादको माध्यमाबाट समाधान गर्नुपर्छ भनेर भन्दै आएका छौं । त्यसै गरी हामी संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्न आन्दोलनका सिद्धान्तहरू, हामीसँग सार्क बनेको थियो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ