arrow

चार सय करोड क्लबमा गदर २, बने थुप्रै कीर्तिमान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
gadar2.JPG

मुम्बई । सन्नि देओलको फिल्म गदर २ बक्स अफिसमा रोकिने नाम लिइरहेको छैन । यो फिल्मले साताका दिनमा पनि राम्रो कमाई गरिरहेको छ । 

गदर २ रिलिज भएको दुई साता भैसकेको छ र फिल्म अब ४०० करोड क्लबमा प्रवेश गर्ने तयारीमा छ । तारा सिंह र सकिनाको केमेस्ट्रीले यस पटक पनि मानिसको मन जित्न सफल भएको छ । 

गदर २ को एघारौँ दिनको बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ । जसलाई देखेर सबै छक्क परेका छन् । गदर २ लाई ३०० करोड क्लबमा प्रवेश गर्न धेरै समय लागेको थिएन । 

फिल्म दोस्रो साताअघि नै यस क्लबमा प्रवेश गरिसकेको थियो । गदर २ ले ८ दिनमा ३ सय करोडको आँकडा छोएको थियो । लामो समयपछि बलिउडमा यस्तो हिट फिल्म देखिएको छ । हरेक दिन यसको बढ्दो तथ्याङ्कले मानिसहरूलाई चकित पारिरहेको छ।

गदर २ को ११ औं दिनको प्रारम्भिक संकलन सार्वजनिक भएको छ । सकनिल्कको रिपोर्ट अनुसार गदर २ ले ११ औं दिन करिब १४ करोड कलेक्सन गरेको छ । 

त्यसपछि फिल्मको कुल कलेक्सन ३८९.१० करोड हुनेछ । फिल्मले ४०० करोडको आँकडा छुन धेरै समय लाग्ने छैन । आजै यस क्लबमा प्रवेश गर्ने अपेक्षा गरिएको छ ।

गदर २ को कलेक्शनको कुरा गर्दा फिल्मले पहिलो साता २८४.६३ करोड कलेक्सन गरेको थियो । फिल्मले अगस्ट १५ मा सर्वाधिक कमाई गरेको थियो । गदर २ ले १५ अगस्टमा ५५।४ करोडको व्यापार गरेको थियो । जसले धेरै रेकर्ड तोड्न लागेको थियो ।

गदर २ को कुरा गर्दा यो २००१ मा आएको फिल्मको सिक्वेल हो । अनिल शर्माले निर्देशन गरेका हुन् । फिल्ममा सन्नि देओल र अमिषा पटेलसँगै उत्कर्ष शर्मा र मनिष वाधवा महत्वपूर्ण भूमिकामा देखिएका छन् । 

सन्नि भारतीय जनता पार्टीका तर्फबाट सांसदसमेत छन् । 

फिल्ममा मनिष खलनायक बनेका छन् र उनको कामको निकै प्रशंसा भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ