arrow

कोशीको कहर बाँकी

कोशीका मुख्यमन्त्री थापालाई विश्वासको मत, एमालेको विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
koshi-2080-05-04.jpg

विराटनगर । कोशी प्रदेश सभाको बैठकमा एमालेले विरोध गरेको छ । सभामुखको भूमिकामा रहेका सांसद इस्राइल मन्सुरीले मत हाल्न गएको भन्दै एमालेले विरोध गरेको हो । 

प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा समस्या भएको हो । उनले विश्वासको मत पाएको भए पनि सभामुखको भूमिका निभाएका (अध्यक्षता गरेका) मन्सुरीले मत हालेपछि एमालेले विरोध गरेको हो । 

९३ सांसदमध्ये उपस्थित ७७ रहेकामा मुख्यमन्त्री थापाले ४७ मत पाएका छन् । विपक्षमा ३० मत प्राप्त भएको छ । ज्येष्ठताको हैसियतमा सभामुखको भूमिका खेल्नुपर्छ भनेर एमालेका नौ सांसद बिरामी भनेर बिदा बसेका थिए भने उपसभामुख पनि बिरामी भनेर काठमाडौँ हानिएकी थिइन् । 

नेपालको संविधानको धारा १८८ अनुसार प्रदेशसभा सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनसार प्रदेश सरकार गठन भएको २० दिनपछि मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन् । 

प्रदेश सभाको अध्यक्षता गर्ने सांसद इस्राइल मन्सुरी समेतको मतबाट कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत लिएपछि फेरि संवैधानिक गाँठो भने नफुकेको स्पष्टै छ । 

यसअघि सभामुखकै हस्ताक्षरले थापा मुख्यमन्त्री बनेकामा सर्वाेच्च अदालतले उक्त नियुक्तिलाई बदर गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ