arrow

कोशीको कहरः सहमति नजुट्दा प्रदेश सभा बैठक अनिश्चित 

logo
विवेक मिश्र, 
प्रकाशित २०८० भदौ ४ सोमबार
koshi-pradesh-sabha-2080-03-21.jpg
तस्बिर – फाइल ।

मोरङ । कोशी प्रदेश सभा बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था समिति बैठक निष्कर्षविहीन बनेको छ । 

उपसभामुख सृजना दनुवार बिरामी बिदा लिएर काठमाडौं गएपछि बसेको बैठक बिना निष्कर्ष सकिएको हो । 

छलफलमा प्रदेश सभा बैठक कसले सञ्चालन गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको हो । 

बिहान बसेको बैठकमा सहमति हुन नसकेपछि १ बजेअघि फेरि बैठक बसेर सहमति खोजिने नेताहरूले बताएका छन् । 

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभाको बैठकमा दनुवारले आफू बिरामी भएका कारण सभामा उपस्थित हुन नसक्ने जानकारी गराएकी हुन् ।

प्रदेश सभा बैठक दिउँसो १ बजे बस्ने तय भएको छ । अब मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि बस्ने भनिएको प्रदेश सभाको बैठक नै अनिश्चित बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ