arrow

मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै, अध्यक्षतामै अलमल, आठ सांसद बिरामी बिदामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
uddav-thapa-congress-provin.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आज कोशी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि सो बैठक बस्न लागेको हो । 

बैठक दिउँसो १ बजे बोलाइएको छ । तत्कालीन सभामुखलाई राजीनामा दिलाएर पुनः मुख्यमन्त्री नियुक्त भएका थापाले आज विश्वासको मत लिन लागेका छन् ।

 तर विश्वासको मत लिने बैठकमा सभामुख रिक्त भए पछि सो बैठकको अध्यक्षता उपसभामुख सिर्जना दनुवारले गर्ने भनिए पनि अन्यौल बढेको सत्तारूढ दलका नेताहरुले जनाउँदै आएका छन् । उपसभामुख दनुवारले सभाको अध्यक्षता नगर्ने भए पछि सत्तारूढ दल सशंकित हुँदै आएका छन् । 

सो बैठकअघि नेकपा एमाले र राप्रपाका ८ जना सांसदले ‘बिरामी’ भन्दै बिदा लिएपछि थापाको सरकार थप संकटमा परेको छ । मुख्यमन्त्री थापाले १३ गतेसम्म विश्वासको मत नपाएमा स्वतः पदमुक्त हुने जनाइएको छ ।

उता राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भने सरकार टिकाउनका लागि राप्रपाका कोशी प्रदेशका सांसदलाई १० करोडसम्मको अफर गरेको सार्वजनिक गरिरहेको बेला थापा नेतृत्वको सरकार पुनः संकटमा परेको हो । 

यसअघि सभामुखको समेत मत जोडेर मुख्यमन्त्री नियुक्त भएपछि सर्वोच्च अदालतले उनको नियुक्तीलाई मान्यता दिएको थिएन ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ