arrow

सडकमा क्षति न्यूनीकरण अभियान ‘लभ ३०’   

logo
डा बद्रीप्रकाश ओझा,
प्रकाशित २०८० भदौ २ शनिबार
article-badriprakash-ojha-2.jpg

भौतिक विज्ञानको पावर मोडल सिद्धान्तअनुसार सवारी साधनको गतिमा पाँच प्रतिशतले कमी ल्याउँदा उक्त सवारीले पैदल यात्रीलाई ठक्कर दिए पनि हताहती हुने मात्रालाई २० प्रतिशतले कमी हुन्छ ।

सडक यात्री, दुई वा तीन पांग्रे सवारी साधनका प्रयोगकर्ताहरु सुरक्षाका दृष्टिले जोखिमयुक्त हुन्छन् । उनीहरुमाथि ५० किलोमिटर प्रतिघण्टाको गतिमा रहेको सवारी साधनले ठक्कर दिँदा मर्ने संभावना ८० प्रतिशत हुन्छ । यदि सोही सवारी साधनको गति ३० किलोमिटर प्रतिघण्टामात्र भए ठक्कर खानेको ज्यान जाने संभावना मात्र १० प्रतिशत हुन्छ । 

एउटा कारमा सवार यात्रीले यदि सिट बेल्ट लगाएको रहेछ भने सो कार ५० किलोमिटर प्रतिघण्टाको गतिमा रहेका बेला छेउँबाट ठक्कर खाए कारमा पछाडिपट्टि बसेको मानिसको बाँच्ने संभावना ९० प्रतिशत रहन्छ । तर सोही कार यदि प्रतिघण्टा ७० किलोमिटरको गतिमा रहेका बेला छेउँबाट ठक्कर खाए सिट बेल्ट लगाएको यात्रीको बाँच्ने संभावना मात्र २० प्रतिशत रहन्छ । 

सिट बेल्ट नलगाएको बेलाको कल्पनै नगरौँ । सोही कारमा चालकसँगै अगाडिको सिटमा बसेको यात्रीले यदि सिटबेल्ट लगाएको रहेछ र सो कारको गति प्रतिघण्टा ७० किमीको रहेमा ठक्कर खाँदा यात्रीको ज्यान जाने संभावना १० प्रतिशतमात्र रहन्छ । तर सोही कार यदि ९० किलोमिटर प्रतिघण्टाको गतिमा रहेका बेला अर्को कारसँग सिधै जुध्यो भने सिटबेल्ट नै लगाएको अगाडिको यात्रुको ज्यान जाने संभावना ८० प्रतिशत रहन्छ । 

अमेरिकामा गरिएको एक अध्ययन अनुसार सवारी साधनका प्रयोगकर्ताले सिटबेल्ट नै मात्र लगाए पनि खतराबाट बाँच्ने संभावना ५० प्रतिशत रहन्छ । अथवा सिट बेल्ट लगाएको यात्रु कारक्र्यासमा बाँच्ने संभावना आधा रहन्छ । 

कारमा बसेर सिटबेल्ट लगाएकामध्ये एक प्रतिशत यात्रीमात्र कार ठोकिँदा बाहिर हुत्तिएको पाइएको छ भने सिट बेल्टको प्रयोग नगर्ने ७५ यात्री हुत्तिएको पाइएको छ । 

रोडक्र्यासमा मारिएका चार वर्ष मुनिका बालबालिकामध्ये २२ प्रतिशतले सुरक्षित सिटको सुविधा नपाएका र ७५ वर्षमाथिका २४ प्रतिशत ज्येष्ठ नागरिकले पनि सुरक्षित सिटको सुविधा नपाएका कारण ज्यान गुमाएका थिए । 

त्यस्तै अध्ययनका क्रममा कारमा सवारहरु २५ देखि ३० वर्ष उमेर समूहका यात्रीमध्ये सिटबेल्टको प्रयोग नगर्नेहरुको मृत्युदर ६० प्रतिशत देखिएको थियो । 

सडकलाई सुरक्षित पार्नका लागि संयुक्त राष्ट्रसंघले ३ लभ ३० नारालाई विश्वभर सञ्चालन गर्दै आएको छ । यसको अर्थ विश्वभरका शहरी सडकमा चलाइने सवारी साधनको गति प्रतिघण्टा ३० किलोमिटरमा सीमित पार्ने अभियानलाई सहयोग गर्नु हो । 

स्ट्रिट्स फर लाइफ ः ३ लभ ३० अथवा सडक जीवनका लागि ः ३ ३० लाई माया गरौँ भन्ने नारालाई विश्वव्यापी मान्यताका रुपमा स्थापित गर्न विश्वका सरकारहरु पनि लागिपरेका छन् ।  

तान्जानियामा यो नियम लागू गर्दा २६ प्रतिशत मानिस सुरक्षित भएपछि अन्य नौ ओटा छिमेकी मुलुकहरुले पनि यो सिकाइ लागू गरे । 

अहिले विद्यालय क्षेत्रमा हुने रोडक्र्यासमा ५० प्रतिशतले कटौती भएको छ । यस्तै क्यानाडाको टोरोन्टो शहरमा सन् २०१५ मा सवारी गति प्रतिघण्टा ४० किलोमिटरबाट घटाएर ३० मा झार्दा रोडक्र्यासको मात्रामा २८ प्रतिशतले सुधार आयो । 

यसै सिकाइलाई कोलम्बियाको बोगोटा शहरमा लागू गर्दा क्र्यासको मात्रा ३२ प्रतिशतले कमी आयो । त्यस्तै बेलायतको लण्डन शहरमा पनि यो सिकाइका प्रभाव निकै सकारात्मक रह्यो । 

सवारी गति प्रतिघण्टा ३० किलोमिटरमा झार्दा रोडक्र्यासमा ४२ प्रतिशतले कमी आयो । त्यस्तै ब्रिस्टोल शहरमा सन् २००८ देखि २०१६ सम्म गरिएको एक अध्ययन अनुसार सवारी गति ३० किमी प्रतिघन्टामा झार्दा मानिस घाइते हुने क्रममा ६२ प्रतिशतले सुधार आयो । 

अर्को एक अध्ययन अनुसार सवारी गतिमा एक माइल प्रतिघन्टाको दरले वृद्धि हुँदामात्र पनि हताहतीको मात्रामा ६ प्रतिशतले वृद्धि हुन्छ । 

यी यावत् अध्ययनहरुको विश्लेषण गर्दै विश्व स्वास्थ्य संगठनले निकालेको निष्कर्षअनुसार सवारी गतिको दर प्रतिघण्टा एक किलोमिटर वृद्धि हुँदा क्र्यासको दरमा तीन र प्रतिशत र हताहतीको दरमा पाँच प्रतिशतसम्मले वृद्धि हुन्छ । 

सवारी गतिलाई प्रतिघण्टा ३० किलोमिटरभन्दा माथि बढाइँदा मार सहनेमध्ये सबैभन्दा बढी पैदल यात्रु पर्दछन् । तीमध्ये पनि कलिलो उमेरका बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी जोखिम सहन वाध्य छन् । 

सन् २०१९ मा अमेरिकाको न्यूयोर्क सहरमा १७ जना साइकल चालकको मृत्यु भएको तथ्याङ्कपछि नगरपालिकाले छुट्टै साइकल लेनको व्यवस्था गर्यो । 

शहरी सडकमा ३० किलोमिटर अथवा २० माइलको गति कायम गरिएको छ भने बस्ती क्षेत्रमा सवारी गति २० किलोमिटरको गतिमा हाँक्नुपर्ने व्यवस्था गरिएको छ । 

यसरी सवारी गति कम पार्दै क्षति न्यूनिकरणलाई अघि बढाइएको छ । हामीले पनि यसको अनुशरण गरे ज्यान जानेक्रम पक्कै घट्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ