arrow

ताला खोलेकै छैन साढे ९ किलो सुन हरायो [भिडियो]

क्विन्टल सुन ६१ केजी बनाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३२ बिहिबार
kp-oli-new-gold.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले सरकारले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन नगरेको आरोप लगाएका छन् ।  उनले उच्चस्तरीय निष्पक्ष आयोग बन्न नदिँदा पक्राउ परेको सुन घट्दै गइरहेको र पक्रिएको पनि हराउँदै गएको बताएका छन् ।

उनले विद्युतीय सिग्रेटमा पक्राउ परेको साढे ९ किलो सुन नै गायब भएको बताए । उनले भने,'अर्को सफलता भनेको विद्युतीय सिग्रेटमा भएको तस्करीको सुन हराउनु हो ।  साढे नौ केजी सुन छ त्यसमा झ्याल ढोका सबै बन्द गरेर ताला लगाइएको छ । बाहिरबाट ताला लगाएको लगाइ छ भित्रबाट सुन हरायो यही हो उच्चस्तरीय छानबिन समिति बनाउन नदिएको सफलता ।'

उनले  तस्करीको क्विन्टल सुन ६१ मा सरकारले झारेको आरोप लगाएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ