arrow

ओलीको बयान

ओलीले फेरि भने- प्रतिनिधि सभा विघटन ठीक थियो र गर्‍यौँ [भिडियो]

हामीलाई झुण्ड्याएर मार्ने जुन डोरी बनाएका थिए छिनाल्दियौँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
kp-oli-samsad-bighathan.jpg

काठमाडौं । पुष ५ गते प्रतिनिधि सभा विघटन गरेका तत्कालीन प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सो कदम ठीक भएर गरेको बताएका छन् । मंगलवार नेकपा(एमाले) बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन गरेर आफुले सहि काम गरेको बताएका हुन् । 

उनले भने – ‘हामीले पुस ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गर्‍यौँ । विघटन गर्‍यौँ । हामीले ठीक ठानेर गर्‍यौँ । ठीक भनेर गर्‍यौँ । ठिक थियो र गर्‍यौँ । नगरी नहुने थियो र गर्‍यौँ । बिल्कुलै समसामयिक कदम चाल्यौँ ।'

उनले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधि सभा विघटन गरेको बताए । उनले प्रतिनिधि सभा विघटन त्यस बेलाको अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरे । उनले थपे,' होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र थियो । त्यस षड्यन्त्रलाई, हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरुले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ