arrow

‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८०’ सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
lalitpur-bipad-program-2080.jpg

ललितपुर । ललितपुर जिल्लाको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८०’ सार्वजनिक गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयले ललितपुरमा आयोजित एक कार्यशाला कार्यक्रम गरेर ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८०’ सार्वजानिक गरेको हो ।

विपद् प्रतिकार्य योजनाको सार्वजनिकीकरण गर्दै कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट)का कार्यकारी निर्देशक  सूर्य नारायण श्रेष्ठले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० का मूख्य पक्षहरुको बारेमा प्रस्तुति गरेका थिए भने सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले योजनाको उद्देश्य, महत्व, परिमार्जन आदिका बिषमा प्रकाश पारेका थिए ।

उक्त प्रस्तुतिपछि कार्यक्रमका सहभागी जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यहरु तथा अन्य सरोकारवाला निकायका सदस्यहरुले प्रतिकार्य योजनाका बारेमा आफ्नो धारणा तथा सुझाव राखेका थिए । 

विबभिन्न व्यक्तिहरुको सुझावलाई समावेश गर्दै प्रतिकार्य योजनालाई अन्तिम रुप दिएको हो ।

कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न सहयोग गर्ने सबै पक्षहरुलाई धन्यवाद दिँदै यसको कार्यान्वयनमा जोड दिएका थिए ।

भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट) र विपद् पूर्वतयारी संजाल–नेपाल (डीपीनेट) को प्रविधिक सहयोग र सहकार्यमा जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालय ललितपुरले सो विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ