arrow

प्रधानमन्त्री आफैँले पदबाट राजीनामा गर्नुपर्ने हो : ओली [भिडियो] 

गृहमन्त्री र अर्थमन्त्रीहरूले त राजीनामा नगरेर कसरी बस्न सकेको हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
oli-pm-rajinama.jpg

काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले पदबाट राजीनामा गर्नुपर्ने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा  प्रधानमन्त्रीको राजीनामा माग्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, 'प्रधानमन्त्री पनि यति अयोग्य, यति नालायक, यति भ्रष्ट सरकारको यस्तो भ्रष्टाचारको चाङमाथि उभिएर म नेतृत्व गर्छु भन्न अप्ठ्यारो हुनुपर्ने हो वहाँ आफैँ राजीनामा गर्नुपर्ने हो ।'

उनले  गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिनु ठूलो आश्चर्यको विषय भएको बताए । उनले भने, 'गृहमन्त्री र अर्थमन्त्रीहरूले त राजीनामा नगरेर कसरी बस्न सकेको हो । यो ठूलो आश्चर्यको विषय हो ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ