arrow

प्रचण्डले पाकिस्तानी शैलीको राजनीति शुरु गरे, यसको अन्त्य यहाँ हुँदैन :ओली

सुनकाण्डको विरोध गरेपछि सांसद शर्मालाई समातियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
sunkanda.jpg

काठमाडौं ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  पाकिस्तानी शैलीको राजनीति शुरु गरेको एमाले का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।  उनले पाकिस्तानी शैलीको प्रतिशोधको राजनीतिको अन्त्य नहुने पनि बताएका छन् । 

उनले भने,'मैले अस्ति प्रधानमन्त्रीजीलाई भने–अहिले यो पाकिस्तानी राजनीति, प्रतिसोधको राजनीति उनले शुरु गर्नुभएको छ । उनलाई आज मज्जा लागेको छ । तर यो राजनीति यहीँ अन्त्य हुँदैन । यो त यहाँ शुरु भयो । उहाँहरूले बुझ्नुपर्दछ, यो त सुरु भयो । यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु ।'

अध्यक्ष ओलीले सांसद सुनिल शर्मालाई हतकडी लगाएर सरकारले सर्वसाधारणलाई समेत आफू विरुद्ध नबोल्न तर्साएको आरोप समेत लगाए । उनले भने," सरकारले अधिनायकवादी भएर चल्ने होइन । जाति सर्टिफिकेट हो भने त पोहोर, परार पनि थियो होला नि । हिजोदेखि थियो होला नि जाली सर्टिफिकेट । किन मुद्दा नचलाएको, कारबाही नगरेको ? अस्ति पार्लियामेन्टमा सुनकाण्डबारे विरोध गरेपछि अचानक हतकडी लगाउने आयो मान्छे । कसलाई ? एउटा जन निर्वाचित सांसदलाई । जसको नामको अगाडि माननीय राखिएको छ । त्यसलाई समाउँछ भने अरू यसै थर्किनुपरेन ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ