arrow

प्रतिनिधि सभा बैठक सोमबारसम्मका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
pratinidhisabha-2080-04-26.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै शुक्रबार बसेको बैठकमा एमाले सांसदहरूले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेपछि बैठक नै स्थगित गरिएको हो । 

अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ । गत साउन १० गतेदेखि एमालेले संसद अवरुद्ध गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ