arrow

इटालीबाट फर्किएपछि प्रधानमन्त्रीको राष्ट्रपतिसँग भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
ramchandra-poudel-puspakamal-dahal-prachanda.jpg
तस्बीर फाइल

काठमाडौं ।  इटालीमा आयोजित विश्व खाद्य कार्यक्रमबाट फर्किएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट  गरेका छन् । प्रधानमन्त्री दाहाल बिहीबार साँझ नियमित भेटघाटका क्रममा राष्ट्रपति कार्यालय पुगेका थिए । 

भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रपतिसमक्ष विश्व खाद्य कार्यक्रमबारे ब्रिफिङसमेत गरे ।  भेटमा उनीहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

प्रधाानमन्त्री दाहाल यही साउनको पहिलो साता इटालीमा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालयले आयोजना गरेको कार्यक्रम सहभागी भइ फर्किएका थिए । 

प्रेस  सल्लाहकार पोखरेलले भने, “प्रधानमन्त्री दाहाल इटालीमा आयोजित विश्व खाद्य कार्यक्रमबाट फर्किनु भएयता राष्ट्रपतिसँग भेट भएको थिएन । बिहीबारको भेटमा राष्ट्रपतिले उक्त कार्यक्रमबारे जानकारी लिनुभयो ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ