arrow

खानेपानी वितरणमा 'लोडसेडिङ' 

खानेपानी आउने समय कुरेर बस्छन् बजारवासी

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० साउन २५ बिहिबार
muggadi-mugu.JPG

मुगु । सुन्दै अचम्म लाग्यो होला । वत्तिको लोडसेडिङ सुन्दै र भोग्दै आएका हामी नेपालीलाई । हाम्रो देश नेपालमा कतिखेर के भोग्नु पर्छ के देख्नु पर्छ के सुन्नु पर्छ पत्तै हुँदैन । यस्तै भएको छ मुगु जिल्ला सदरमुकाम गमगढी बजारवासीलाई पनि । 

यहाँका बजारवासीलाई लक्षित गरि बजारमा वितरित खानेपानी बषौ देखि लोडसेडिङबाट वितरण हुँदै आएको छ । २०५६ सालमा गमगढी बजारमा रहेका ९० घरलाई लक्षित गरि वितरण गरिएको खानेपानी २४ वर्ष बिती सक्दा पनि बढ्दो जनसङ्ख्या, बजारीकरणसङै समयानुकूल सुधार, मर्मत र थप विकासका कार्य नगरिँदा खानेपानी उपभोक्ता संस्थाले लोडसेडिङ गरेर बजारवासीलाई खानेपानी पुर्‍याउने गरेको हो । 

तत्कालीन समयमा गमगढी बजारमा २०० घर जति थिए त्यो बेला ९० घरधुरीलाई लक्षित गरिए पनि सबैलाई पुगेको थियो अहिले गमगढी बजारमा घर बढेर ७०० सम्म पुगेका छन् । पानीको मुहान थप गरिएको छैन । खानेपानी कार्यालयबाट पटक पटक पाइपलाइन मर्मत र रिवर्ज टयांकी बनाई दिएकाले मुहानबाट आएको पानी जम्मा गरेर बजारलाई दुई भागमा विभाजन गरि बिहान एक भागलाई र बेलुका १ भागलाई गरि दिनमा १ घण्टा पानी दिँदै आएको गमगढी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष गोरख बहादुर मल्ल बताउँछन् पानीको स्रोत कम छ दिनभर र रात भर १०० घन मिटरका २ वटा टयान्किीमा जति पानी जम्मा भयो बजारमा त्यति पानी पठाउने हो अध्यक्ष मल्ल भन्छन् ।

देश सङ्घीयतामा नजाँदै जिल्लामा रहेको खानेपानी कार्यालयले मर्मत सम्भार गरिदिने, आवश्यक पाइपहरू उपलब्ध गरि दिने जस्ता काम गरिदिँदा खानेपानी वितरण र उपलब्धता नियमित थियो तर अहिले २०७४ यता बजारवासीलाई खानेपानी नियमित गर्न कठिनाइ भएको छ । 

बढ्दो जनसङ्ख्या र बजारीकरणले गर्दा हाल वितरित खानेपानीको क्षमताले बजार धान्दैन । मुहान देखि मुखसम्म रहेका खानेपानीको पुराना सबै संरचना विस्थापन गरि कम्तीमा हजार घरधुरीलाई पुग्ने संरचना बनाइदिन सङ्घीय, प्रदेश र स्थानीय सरकारहरूसँग निर्णय सहित समितिले पटक पटक आग्रह गरे पनि कुर्नै निकायबाट सुनुवाइ नभएको समितिका सचिव नेता प्रसाद चौलागाई भन्छन् ।  लोडसेडिङ गरेर जसोतसो समितिले ४३०सम्म घर तथा कार्यालयहरूलाई दैनिक १ घण्टा पानी दिँदै आएका छौ मासिक शुल्क २०० दिन्छन् । सबैको घरमा पानी जाँदैन कार्यरत कर्मचारीलाई तलब दिन पनि धौ धौ पर्छ समितिका आयस्रोत अरू छैनन् मर्मत सम्भार गर्न पनि आर्थिक अभाव हुने गरेको छ । 

खानेपानी सदरमुकाम गमगढीबाट १५ किलोमिटर टाढा रारा राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ती क्षेत्र रहेको भmयारी खोलाबाट ल्याइएकाले कहिले पहिरो, कहिले जिल्लामा बन्ने सडक, सिचाई त कहिले बाढीले पाइपलाइन सहित अन्य संरचना बगाई तथा भत्काई दिँदा हप्ता दिनसम्म बजारवासीलाई पानी खानसम्म समस्या हुँदै आएको अध्यक्ष मल्ल स्विकार्छन् । उनी भन्छन् पाइपको साइज मुहान देखि बजारको जम्मा ट्याङ्कीसम्म एउटै हुनु पर्ने हो समितिको आर्थिक अवस्था कमजोर भएका कारण कतै पाइप चुँडियो, कतै बगायो भने जति साइजको पाइयो त्यही साइज जडान गरी खानेपानी नियमित गर्ने गरेका छौ यही कारणले पनि एकै साइजको पाइपमा पानी आउन पाउँदैन र बजारमा पानीको अभाव भई रहन्छ । 

बजारवासीले पर्याप्त तथा शुद्ध खानेपानी नपाउँदा उनीमा आक्रोश दिन प्रतिदिन बढ्दै गएको पाइन्छ । खानेपानीको उपभोक्ताहरू भन्छन् हामीले नियमित शुल्क तिरेका छौ शुद्ध र पर्याप्त पानी प्रयोग गर्न पाउनु हाम्रो अधिकार हो । के पुगेन ? के बनाउनु पर्छ ? कहाँ समन्वय गर्ने ? कहाँबाट योजना ल्याउने ? समितिका पदाधिकारी लाग्नु पयो नि ।

बजार मै यहाँका मुगु जिल्लाका सांसद, नगरप्रमुख, उपप्रमुख हिँड्छन्, बजार मै खानेपानी कार्यालय छ, खानेपानी सम्बन्धी काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ सस्ताहरू छन् तर पनि बजारमा खानेपानी अभाव हुनु र खानेपानीको लागी बजारवासी तिर्खाई रहनु लाज मर्दो कुरा भएन र ? बजारवासीले प्रश्न गर्ने गर्दछन् ।

गमगढी मिलन चोकका विनोद कुमार मल्ल एक त सदरमुकाम त्यसमा झन् नगरपालिका क्षेत्रका बासिन्दाले न्यूनतम आवश्यकताको शुद्ध खानेपानी पिउन नपाउनु भनेको यहाँका माननीय, मेयर र पढेलेखेका भावी नेतृत्व गर्छौ भन्नेहरू सबैको बेइज्जत भएको र कम्तीमा भावी बजारीकरणलाई मध्यनजर राखी शुद्ध तथा पर्याप्त पानी उपलब्ध हुने गरि दीर्घकालीन समस्या समाधान गर्न गमगढी वृहत् खानेपानी योजना बनाई उक्त योजनामा तीनै तहका सरकारको लगानी हुनुपर्ने सुझाव दिन्छन् ।

गमगढी बजारमा माथिल्लो बजार, शीतल बजार, माथिल्लो न्युरोड, बागबजारका घरहरूमा समितिले दैनिक १ घण्टा पानी दिए पनि पर्याप्त नभए पनि खानेपानी पुगे कै छ तर तल्लो बजार, तल्लो न्युरोड, कृष्णाचेक देखि तलका घरहरूमा भने नियमित पानी आउँदैन तर शुल्क भने मासिक तिर्दै आएका छन् । यहाँका घरहरूमा खानेपानी औँसी पुर्ने जस्तै गरि आउने गरेको स्थानीयहरू बताउँछन् । घरका धारामा पानी नआएपछि ३० मिनेट टाढा रहेका हुलुम खोला र चैन खोलामा रहेका धाराहरूबाट खानेपानी ल्याएर यहाँका स्थानीयहरू पानी तिर्खा मेट्दै आएका छन् । समितिले खानेपानी छोडेमा माथि माथिका घर मै सकिन्छ तलका घरहरूको हावा मात्र आउने गरेको स्थानीयहरू भन्छन् ।

सबै ठाउँमा पर्याप्त खानेपानी नपुग्ने भएकाले नै लोडसेडिङ मिलाएर खानेपानी वितरण गरिएको र बजारमा शुद्ध तथा पर्याप्त प्रयोगका लागी पुग्ने पानी पुर्‍याउन मुहानमा इन्टेक, थप मुहान मेन पाइपलाइनमा मिलाउनु पर्ने , १५ किमी पाइपलाइनमा मुहान देखि रारा विमान स्थलसम्म ११० एमएम त्यहाँ देखि रारा क्याम्पससम्म ९० एमएम र रारा क्याम्पस देखि रिजर्भ टयांकीसम्म्म ७५ एमएम साइजका पाइप राख्नु पर्ने, जम्मा दुरीको ६ ठाउँमा डिपिटी राख्नु पर्ने र बजारका पाइपलाई सबै तिर पुर्‍याउनु पर्छ । तल्लो बजारका लागी छुट्टै रिजर्भ ट्याङ्गकी बनाएर पानी वितरण गर्नु पर्ने समितिका अध्यक्ष गोर्ख बहादुर मल्ल बताउँछन् । उन भन्छन् जसो त्यसो जोरजाम गरेर बजारमा खानेपानी खुवाएका छौ अब पनि सरकारहरूले गमगढी बजारको खानेपानी समस्या समाधान तिर नलाग्ने हो भने विकराल स्थिति आउने दिन टाढा छैन ।

गमगढी बजारमा खानेपानीको अर्को विकल्प नभएकाले १५ किमी टाढाबाट ल्याएको खानेपानीका पाइपलाइन र अन्य संरचनामा समस्या आई खानेपानी अवरुद्ध भएमा बजारमा काकाकुलको अवस्था सृजना हुने गरेको छ लामो समय खानेपानी अवरुद्ध नहोस भनेर समितीले विहान वेलुका पाईप लाईन हेर्न २ जना पाइपलाइन हेराला राखेको छ पाइपलाइन लामो र भौगोलिक विकटताका कारण २ जनालाई १५ किमी पाइपलाइन हेर्न गा्रहो हुने गरेको छ कम्तिमा ६ जना भए सजिलो हुने थियो अध्यक्ष मल्ल भन्छन् ।

सामान्य अवरोध मर्मत गरेर हामी नै समाधान गरिहाल्छौ । दुरी लामो टाढा भएकाले कहाँ कतिखेर के समस्या आउछ थाहै हुदैन । एक ठाँउको समस्या समाधान गदै अर्को ठाँउमा आईहाल्छ थाहै हुदैन र आफुहरुले पाईप जडान, मर्मत सम्वन्धी सामान्य तालिमसम्म नपाएको र गरि राखेको कामको अनुभवका आधारमा काम गदै आएको झयारी पाइपलाइनका हेराला रन बहादुर रावलले बताउँछन् ।
पछिल्लो समय समय पाइपलाइनमा समस्या आउदा पहिरो हटाउन, पाईप बोक्न र पाइपलाइन खन्न छायाँनाथ रारा नगरपालिकाले नगरप्रहरी खटाई दिदा भने सस्थालाई केहि सहज भएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार शुद्ध खानेपानी, गुणस्तर संरचना उपलब्धताका आधारमा निम्न, मध्यम र उच्च गरि ३ श्रेण्ीमा विभाजन गरेको छ जस अनुसार चौविसै घण्टा शुद्ध खानेपानी उपलब्ध छ भने उच्च हो । यो अवस्थामा ६५-१०० लिटर शुद्ध खानेपानी प्रति व्यक्ति प्रतिदिन उपलब्ध हुनुपर्छ । 

१२ घण्टा शुद्ध खानेपानी उपलब्ध छ खाना पकाउन, नुहाउन, लुगाधुन प्रयोग हुन्छ भने यो मध्यम अवस्था हो यो अवस्थामा ४५-६५ लिटर पानी एक जना व्यक्तिलाई प्रतिदिन उपलब्ध हुनुपर्छ र ८ घण्टा भन्दा कम समय शुद्ध खानेपानी आउछ छ प्रति दिन प्रति व्यक्ति २५-४५ लिटरसम्म पानी उपलब्ध छ भने यो निम्न स्तर हो । खानेपानी तथा सरसफाई सम्वन्धी काम गर्ने युनिसेफ नेपाल र कणाली जल परियोजनाको साझेदारी सस्था हिमाली गा्रमिण युवा समाज विकास केन्द्र (हिरिसडेक) मुगुका कार्यकारी निर्देशक मिन बहादुर रावल बताउँछन् । 

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार हेर्दा गमगढी बजारमा वितरित खानेपानी कुनै मापदण्डमा पदैन दैनिक १ घण्टा पानी आउछ, शुद्धता कुन चरिको नाम हो पतै छैन, मुल देखि मुखसम्म मापदण्ड अनुसारका संरचना छैनन् ।

नगरपालिकाका सार्थै जिल्ला सदरमुकाम पनि भएकाले गमगढी बजारमा मध्यम मापदण्ड अनुसारको खानेपानी उपलब्धता र संरचना हुनुपर्ने हो यो मापदण्ड अनुसार एक जना मानिसलाई पिउने देखि दैनिक सरसफाई गर्नसम्मका लागी ६५-१०० लिटर शुद्ध पानी आवश्यक पर्छ । यो हिसावले गमगढी बजारमा रहेका ७०० घरका ४ हजार बढी परिवारलाई २ लाख ६० हजार देखि ४ लाख लिटरसम्म शुद्ध पानी प्रति व्यक्ति प्रतिदिन आवश्यक रहेको देखिन्छ ।

छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख कार्यवाहक नगरप्रमुख ऐश्वर्या मल्ल आईतबार नगरप्रहरी सहित गमगढी खानेपानीको स्थलगत अनुगमन गर्न मुहानसम्म पुगे । 

पटक पटक आएको वर्षाले पहिरो आई पाइपलाइन बगाउदा ठाँउ ठाँउमा पाईप क्षेत विक्षेत भएको, अस्थायी प्रयोजनका लागी आवश्यकिय साईज भन्दा फरक साईज पाईप जोडिएको, पाइपलाइन सुरक्षा नअपनाइएको र मुहान सुरक्षित नबनाईएको अनुगमनका क्रममा पाएको र मुहान सुरक्षा, ईन्टेक, डिपिटी, रिजर्व टयान्की बनाउन, पाइपलाइन सुधार गर्न र खानेपानी शुद्धिकरण पलाण्ट राख्न करोडो बजेट लाग्ने भएकाले नगरप्रमुख विष्णु कमार भाम जिल्लामा फर्केपछि बस्ने नगर कार्यपालिकाको बैठकमा गमगढी बजारको खानेपानी समस्या दिर्गकालिन समाधान बारे विषयवस्तु राख्ने पनि उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख मल्लले बताउँछन् ।
छायानाथ रारा नगरपालिका वडा नं १ र २ मा पर्ने गमगढी बजारमा वितरित खानेपानीको वितरण, मर्मत सम्भार र रेखदेख गमगढी खानेपानी तथा उपभोक्ता सस्थाले गदै आएको छ ।

गमगढी बजारमा खानेपानीको अर्को विकल्प नभएकाले १५ किमी टाढाबाट ल्याएको खानेपानीको पाइपलाइन र अन्य संरचनामा समस्या आई खानेपानी अवरुद्ध भएमा बजारमा काकाकुलको अवस्था सृजना हुने गरेको छ लामो समय खानेपानी अवरुद्ध नहोस् भनेर समितिले बिहान बेलुका पाइप लाइन हेर्न २ जना पाइपलाइन हेरालु राखेको छ पाइपलाइन लामो र भौगोलिक विकटताका कारण २ जनालाई १५ किमी पाइपलाइन हेर्न गाह्रो हुने गरेको छ कम्तीमा ६ जना भए सजिलो हुने थियो अध्यक्ष मल्ल भन्छन् ।

सामान्य अवरोध मर्मत गरेर हामी नै समाधान गरिहाल्छौ । दुरी लामो टाढा भएकाले कहाँ कतिखेर के समस्या आउँछ थाहै हुँदैन । एक ठाउँको समस्या समाधान गदै अर्को ठाउँमा आइहाल्छ थाहै हुँदैन र आफूहरूले पाइप जडान, मर्मत सम्बन्धी सामान्य तालिमसम्म नपाएको र गरि राखेको कामको अनुभवका आधारमा काम गदै आएको झयारी पाइपलाइन का हेरालु रन बहादुर रावलले बताउँछन् ।

पछिल्लो समय समय पाइपलाइनमा समस्या आउँदा पहिरो हटाउन, पाइप बोक्न र पाइपलाइन खन्न छायाँनाथ रारा नगरपालिकाले नगर प्रहरी खटाई दिँदा भने संस्थालाई केही सहज भएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार शुद्ध खानेपानी, गुणस्तर संरचना उपलब्धताका आधारमा निम्न, मध्यम र उच्च गरि ३ श्रेणीमा विभाजन गरेको छ जस अनुसार चौबिसै घण्टा शुद्ध खानेपानी उपलब्ध छ भने उच्च हो । यो अवस्थामा ६५-१०० लिटर शुद्ध खानेपानी प्रति व्यक्ति प्रतिदिन उपलब्ध हुनुपर्छ । 

१२ घण्टा शुद्ध खानेपानी उपलब्ध छ खाना पकाउन, नुहाउन, लुगा धुन प्रयोग हुन्छ भने यो मध्यम अवस्था हो यो अवस्थामा ४५-६५ लिटर पानी एक जना व्यक्तिलाई प्रतिदिन उपलब्ध हुनुपर्छ र ८ घण्टा भन्दा कम समय शुद्ध खानेपानी आउँछ छ प्रति दिन प्रति व्यक्ति २५-४५ लिटरसम्म पानी उपलब्ध छ भने यो निम्न स्तर हो । खानेपानी तथा सरसफाइ सम्बन्धी काम गर्ने युनिसेफ नेपाल र कणाली जल परियोजनाको साझेदारी संस्था हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (हिरिसडेक) मुगुका कार्यकारी निर्देशक मीन बहादुर रावल बताउँछन् । 

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार हेर्दा गमगढी बजारमा वितरित खानेपानी कुनै मापदण्डमा पर्दैन दैनिक १ घण्टा पानी आउँछ, शुद्धता कुन चरिको नाम हो पतै छैन, मूल देखि मुखसम्म मापदण्ड अनुसारका संरचना छैनन् ।

नगरपालिकाका सार्थै जिल्ला सदरमुकाम पनि भएकाले गमगढी बजारमा मध्यम मापदण्ड अनुसारको खानेपानी उपलब्धता र संरचना हुनुपर्ने हो यो मापदण्ड अनुसार एक जना मानिसलाई पिउने देखि दैनिक सरसफाइ गर्दनसम्मका लागी ६५-१०० लिटर शुद्ध पानी आवश्यक पर्छ । यो हिसाबले गमगढी बजारमा रहेका ७०० घरका ४ हजार बढी परिवारलाई २ लाख ६० हजार देखि ४ लाख लिटरसम्म शुद्ध पानी प्रति व्यक्ति प्रतिदिन आवश्यक रहेको देखिन्छ ।

छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख कार्यवाहक नगरप्रमुख ऐश्वर्या मल्ल आइतबार नगर प्रहरी सहित गमगढी खानेपानीको स्थलगत अनुगमन गर्न मुहानसम्म पुगे । 

पटक पटक आएको वर्षाले पहिरो आई पाइपलाइन बगाउँदा ठाउँ ठाउँमा पाइप क्षत विक्षत भएको, अस्थायी प्रयोजनका लागी आवश्यक साइज भन्दा फरक साइज पाइप जोडिएको, पाइपलाइन सुरक्षा नअपनाइएको र मुहान सुरक्षित नबनाइएको अनुगमनका क्रममा पाएको र मुहान सुरक्षा, इन्टेक, डिपिटी, रिजर्भ टयान्की बनाउन, पाइपलाइन सुधार गर्न र खानेपानी शुद्धीकरण पलाण्ट राख्न करोडौँ बजेट लाग्ने भएकाले नगरप्रमुख विष्णु कुमार भाम जिल्लामा फर्केपछि बस्ने नगर कार्यपालिकाको बैठकमा गमगढी बजारको खानेपानी समस्या दीर्घकालीन समाधान बारे विषयवस्तु राख्ने पनि उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख मल्लले बताउँछन् ।

छायानाथ रारा नगरपालिका वडा नं १ र २ मा पर्ने गमगढी बजारमा वितरित खानेपानीको वितरण, मर्मत सम्भार र रेखदेख गमगढी खानेपानी तथा उपभोक्ता संस्थाले गदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ