रोनाल्डोको गोलमा नासिर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा
हाम्रा कुरा
प्रकाशित २०८० साउन २५ बिहिबार
3.1k
Shares
काठमाडौँ । क्रिष्टियानो रोनाल्डो रहेको अल नासिर क्लब अरब क्लब च्याम्पियन्स कप फुटबलको फाइनलमा पुगेको छ । रोनाल्डोको गोलमा अल नासिर फाइनलमा पुगेको हो ।
कप्तानसमेत रहेका रोनाल्डोले सिेमिफाइनलको निर्णायक गोल गरेसँगै अल नासिरले इराकी क्लब अल सोर्टालाई १–० ले पराजित गरेको हो । रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
उनले ७५ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । साडियो मानेलाई फैसल जसीम नफिल अल मनाले फल गरेपछि अल नासिरले पेनाल्टी पाएको थियो ।
यसअघि पहिलो हाफमा रोनाल्डोले गरेको गोल अफसाइड भएको थियो ।
फाइनल खेल शनिबार हुनेछ । उपाधिका लागि अल नासिर र अर्को साउदी क्लब अल हिलाल खेल्नेछन् ।