arrow

दुर्गम ठाउँको विकासका लागि सरकार अघि सर्नुपर्दछ : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २५ बिहिबार
kp-sharma-oli-2080-02-25.jpg

काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुर्गम ठाउँको विकासका लागि सरकार अघि सर्नुपर्ने बताएका छन्। 

आदिवासी जनजाति दिवसको अवसरमा आयोजित हुम्लाका युवाको सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुर्गम ठाउँको विकासमा  सरकार नलागी नहुने बताए । “सरकार नलागी दुर्गम ठाउँको समग्र विकास गर्न सकिँदैन । शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन, जडीबुटी उत्पादन, प्रशोधनजस्ता कुराको विकास गर्नका लागि सरकार चाहिन्छ”, उनले भने । 

उनले सरकारलाई दुर्गम जिल्लाको विकास गर्न ध्यानाकर्षणसमेत गराउनुभएको छ । अध्यक्ष ओलीले  हुम्लाको दुर्गमता र अप्ठेरो जिन्दगी आफूले देखेको भन्दै भने, “त्यस जिन्दगीलाई सहज र सुखमय जिन्दगीमा परिणत गराउनका लागि के गर्न सकिन्छ त्यस बारेमा सोच्ने र त्यसलाई व्यवहारमा उतार्ने प्रयास पनि गरेको छु ।”

उनले हुम्ला जिल्लाको साथमा आफू रहेको भन्दै आफूले हुम्लावासी युवालाई सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । लिमी हुम्लाको तल्लो भागदेखि माथिल्लो लिमी उपत्यकामा केही गर्न सकिन्छ भनेर सोचिरहेको उनले भनाइ राखे । 

“त्यहाँको विद्यालय भवनको स्तर विकास गर्न सकिन्छ । विद्यार्थीलाई न्यानो कपडा विवतरण गर्न सकिन्छ भनेर मैले सोचिरहेको छु”, उनले भने । आदिवासी जनजातिले आफ्नो पहिचान र थर लेख्न पाउनु आधारभूत अधिकार भएको उनको भनाइ थियो । 

अध्यक्ष ओलीले कुन कुन जाति सूचीकृत हुन बाँकी रहेका छन् ती जातिलाई सूचीकृत गर्नका लागि आफूले पहल गर्नेसमेत बताए । उनले ताप्लेजुङ, मुगु, हुम्ला र डोल्पालगायत दुर्गम क्षेत्रका बालबालिका काठमाडौँमा ल्याएर पढाउने भने ती बालबालिकाले भोलिको दिनमा मुलुकको नेतृत्व लिन सक्ने बताए । ती बालबालिकाको नेतृत्वका विकासका लागि शिक्षा दिन आवश्यक रहेको उनको धारणा थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ