arrow

पुन्तुरा खोलामा फसेका दुई जनाको उद्दार

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८० साउन २४ बुधबार
uddar-2080-04-24.jpg

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने पुन्तुरा खोलामा फसेका दुई जनाको उद्दार गरिएको छ । मंगलबार साँझ ६ बजेदेखि खोलाको टापुमा फसेका परशुराम नगरपालिका–४ का महेश भाट र तेज भाटलाई राति साढे १२ बजे उद्दार गरिएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख प्रहरी निरीक्षक गंगादत्त बडुले जानकारी दिए ।

उनीहरुको उद्दारमा नेपाल प्रहरीका जवान पुर्ण रोकाया र सुन्दर सिंह पेला, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, नगरपालिका कर्मचारी र स्थानीय युवा खटिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ