arrow

केपी ओलीलाई खड्कियो ईपीजी प्रतिवेदन (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
oli-epg.JPG

काठमाडौं । आफैले बनाएको टिमले तयार पारेका प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) प्रतिवेदन नबुझेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिवेदन बुझ्न जोड दिएका छन् । 

एमालेको परराष्ट्र मामिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी नेकपा (एमाले) को धारणा’ विषयक विचार गोष्ठीमा ओलीले यस्तो जोड दिएका हुन् । 

कार्यक्रममा ओलीले नेपाल-भारतबीचको सम्बन्धलाई ईपीजी प्रतिवेदनको आधारमा अघि बढाउन जायज हुने बताए । भारत सरकारले सो प्रतिवेदन बुझ्न समेत आनकानी गरेको भन्दै ओलीले दुई मुलुकबीचको सम्बन्धलाई तथ्यका आधारमा अघि बढाउन सो प्रतिवेदन अति आवश्यक हुने दाबी गरे । 

दुवै मुलुकका सरकारले तोकेका विज्ञहरूको समूहले तयार पारेको सो प्रतिवेदन बुझ्ने र त्यसलाई कार्यान्वयन गर्ने कुरालाई सहज ढङ्गले अघि बढाउनुपर्ने उनले बताए । आजको आवश्यकताको उचाइको आधारमा दुई मुलुकबीचको सम्बन्धलाई अघि बढाउन पनि ईपीजी प्रतिवेदनको विकल्प नरहेको बताए ।

उनले सुगौली सन्धीको प्रश्न र १९५० को सन्धीको अनेकौँ प्रश्न रहेको बताए । 'यहाँ त सुगौली सन्धी पो कार्यान्वयन नहुने भइसक्यो' उनले भने ।

गोष्ठीमा ओलीले नेपालले छिमेकीहरूसँग तनाव नखोज्ने र नझेल्ने बताए । नेपालको उत्तर र दक्षिणमा दुई ठूला छिमेको भएको र उनीहरूसँग ऐतिहासिक सम्बन्ध रहेको पनि ओलीको भनाइ थियो । दुवै छिमेकी सामान्यतया: असल रहेको पनि उनले टिप्पणी थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ