arrow

१७ वर्षअघिको गौर घटनाका दोषीलाई कारबाही माग गर्दै धर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
gaur

रौतहट ।  सत्र वर्षअघि भएको गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै शनिबार रौतहटको चन्द्रनिगाहपुरमा धर्ना दिइएको छ । 

त्यसबेला २८ जनाको ज्यान लिने गरी भएको घटनाका दोषीमाथि हालसम्म कारबाही नभएकाले दबाब दिने उद्देश्यले पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको पार्कमा मृतकका परिवारले अनिश्चितकालीन धर्ना दिएका हुन् ।

विसं २०६३ चैत ७ गते रौतहटको सदरमुकाम गौरस्थित राइस मिल चौरमा माओवादी र तत्कालीन फोरम (हाल जसपा)का बीचमा भएको झडपमा परी २७ जनाको घटनास्थलमै र एक जनाले उपचारका क्रममा ज्यान गुमाउनुपरेको थियो । 

घोषित कार्यक्रमअन्तर्गत शनिबार चन्द्रनिगाहपुरमा धर्ना दिइएको र माग पूरा नभए १५ साउनदेखि अनिश्चितकालीन आमहड्ताल गरिने आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष बद्री न्यौपानेले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ