arrow

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक बलात्कारको आरोपमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १२ शुक्रबार
crime-final-everytime-use.jpg

काठमाडौँ । एक किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक तथा इञ्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरेललाई काठमाडौँको त्रिपुरेश्वरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिए । 

एक युवतीले पोखरेलविरुद्ध बलात्कारको आरोपसहित उजुरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो । 

पोखरेल चार वर्षअघि नौ लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले सडक डिभिजन कार्यालय पोखरामा प्रमुख रहेका बेला पोखरेललाई घुससहित पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ