arrow

मधेस प्रदेशमा चाँडै मिर्गौला प्रत्यारोपण र मुटुको उपचार : मन्त्री बस्नेत

logo
निरञ्जन साह,
प्रकाशित २०८० साउन १२ शुक्रबार
pradesh-hospital.JPG

धनुषा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मधेस प्रदेशको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा मिर्गौला प्रत्यारोपणका लागि काम अगाडी बढाइसकेको र जनकपुरधाममा मुटुको सबै प्रकारको उपचार गर्ने गरि गङ्गालाल हृदय रोग केन्द्रको शाखालाई बलियो बनाउने काम भइरहेको बताएका छन् । 

प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र’ को धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ४ सपहीमा प्रदेश सरकारलाई हस्तान्तरण गर्दै मन्त्री बस्नेतले ६ महिना भित्रमा नेपालको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने किसिमले मन्त्रालयले काम गरिरहेको समेत बताए।

प्राकृतिक विपद्को समयमा काम गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको आर्थिक लगानी ८८ लाख ७५ हजारमा निर्माण भएको हो। ‘ स्वास्थ्य मन्त्रालयले पहिलो पटक निजी तथा सरकारी अस्पतालमा गरेर ३ हजार २५ वटा शय्या गरिब तथा विपन्न वर्गका लागि निःशुल्क छुटाउने काम भएको मन्त्री बस्नेतले बताए ।

मन्त्री बस्नेतले अस्पतालको १० प्रतिशत शय्या निःशुल्क गर्नुपर्ने प्रावधानको पालना ठुलोदेखि सबै अस्पतालले गर्नुपर्ने धारणा निःशुल्क शय्या नछुट्टाउने माथि सरकार कठोर भएर कारबाही गर्ने बताए ।

मन्त्री बस्नेतले संविधानले नै आम जनताको लागि ग्यारेन्टी गरेको आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क प्रदान गर्ने प्रावधानलाई स्थापित गराउनका लागि मन्त्रालयले काम गरिरहेको समेत जानकारी गराए। 

मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेशमा गरिबी अत्यधिक भएका कारणले स्वास्थ्यमा बढी समस्या रहेको बताउँदै जनसङ्ख्याको आधारमा स्वास्थ्यमा बजेट विनियोजन गर्नका लागि माग गरे।

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र कुमार सिंहले मधेस प्रदेशमा स्वास्थ्य संस्थाको नाममा ठगी भइरहेको बोल्दै किराना पसल जस्तो अस्पताल र खाजा पसल जस्तो सञ्चालनमा रहेका क्लिनिकहरूको नियमन गरेर मापदण्ड विपरीतका अस्पताल माथि कारबाही गर्ने बताए ।

मधेस प्रदेशको स्वास्थ्य सुधारका लागि मन्त्रालयले काम थालेको उल्लेख गर्दै सबै जिल्ला अस्पतालहरूलाई १ सय शय्यामा सञ्चालन गर्ने निर्णय भएको जानकारी गराए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट मधेस प्रदेश आउने प्राकृतिक प्रकोप तथा महामारीको समयमा प्रभावकारी काम हुने आशा व्यक्त गरे।

कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रतिनिधि डाक्टर राजेश सम्भाजीराव,सचिव डाक्टर रोशन पोखरेल , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव सङ्गीता कौशल मिश्र, मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.प्रमोदकुमार यादवले प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको सञ्चालनले प्रदेशमा आउने प्राकृतिक आपत् विपद्को समयमा काम गर्ने बताए ।

प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट बाढी, आगलागी, महामारी डुबान तथा कटानको समयमा सूचना सङ्कलन गरेर उपचार तथा अन्य प्रकारको व्यवस्थापन गर्ने हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ