arrow

रागमा झुमे ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १२ शुक्रबार
sangit-ma jhumey oli.JPG

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शास्त्रीय सङ्गीतमा झुमेका छन् । बिहीबार साँझ ओली निवास पुगेका कलाकारहरूले शास्त्रीय सङ्गीतको मेघमल्लार र सिंह भैरवी राग सुनाएपछि अध्यक्ष ओली आनन्दित भएर झुमेका हुन् । 

ओलीले शुक्रबार बिहान फेसबुकमा पोष्ट गरेका छन् । त्यसमा उनले लेखेका छन्, 'घरमा हिजो बेलुका संयोगवश साङ्गीतिक माहौल बन्यो। शास्त्रीय सङ्गीत र रागमा प्रसिद्ध कलाकारहरू अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगी आउनु भएको थियो। शास्त्रीय सङ्गीतका साधकहरूले सुनाउनु भएको मेघमल्लार र सिंह भैरवी रागको आनन्द अनि शिशिर योगीका गीतको मिठास ! रमाइलो भयो, उहाँहरूलाई धन्यवाद ।'

ओली सङ्गीत प्रेमी हुन् । बेला बाले उनी हार्मोनियम र गितार बजाउँदै गरेको देखिन्छन् । गत वर्ष तीजको अवसरमा ओलीले पाँच तारे होटेलमा रात्रीभोजमा गिटार र हार्मोनियम बजाएका थिए । यस पटक भने ओली आफू सुनेर आनन्द लिएका छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ