- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब एक क्विन्टल सुनको सही परिमाण पत्ता लगाउन नेपाल राष्ट्र बैंकको टक्सार पुर्याइएको छ । राजस्व अनुसन्धान विभागले बबरमहलमा रहेको बैंकको टक्सार विभागमा पुर्याएको हो ।
अनुसन्धान विभागको टोलीले बुधबार सिनामंगलबाट बरामद गरेको थियो । यो प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परेका छन् ।
त्यस्तै यसबारे छानबिन गर्न समिति बनाइएको छ । गत बुधबार करिब एक सय किलो अवैध सुन बरामद गरेपछि भन्सार विभागले विभागकै अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन गर्न समिति बनाएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन जोख्नका लागि राष्ट्र बैंकको टक्सार विभाग पुर्याइएको छ ।