arrow

राजर्षिजनकको उपकुलपतिमा डा यादव

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
rajarsi.JPG

काठमाडौं‌ ।  राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा प्रा डा अमरप्रसाद यादव (फुलबरिया-४ सिरहा) लाई नियुक्त गरिएको छ । 

प्रधानमन्त्री एवं राजर्षिजनक विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिफारिस समितिको सिफारिसमा मंगलबार उनलाई नियुक्त गरेका हुन् । 

सिफारिस भएका तीन जनामध्येबाट प्रा डा यादवलाई नियुक्त गरिएको हो । 

उपकुलपतिको लागि प्रा डा महानन्द चालिसे (रत्ननगर-९ चितवन) र प्रा डा क्षितिज उपाध्याय ढुङ्गेल (जनकपुरधाम, धनुषा) को नाम समेत सिफारिस भएको थियो । 

‘राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि सिफारिस गर्न गठित सिफारिस समितिको कार्यसम्पादनसम्बन्धी कार्यविधि, २०७९’ बमोजिमको प्रक्रिया पूरा गरी सो सिफारिस समितिको निर्णयअनुसार राजर्षिजनक विश्वविद्यालय ऐनबमोजिम तीन जनाको नाम सिफारिस गरिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ