arrow

घट्यो सार्वजनिक यातायातको भाडा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
yatayat-kathmandu-basundhar.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । 

स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।

इन्धनको मूल्य घटेसँगै विभागले यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालबाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो । 

घटाएको भाडा दर सोमबारबाटै लागू हुने विभागले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ