ढाका । दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपाल विजयी भएको छ । नेपालले ढाकामा भएको खेलमा घरेलु टोली बंगलादेशलाई टाइब्रकेरमा ४–२ ले पराजित गर्दै जित हात पारेको हो ।
ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपूर्ण खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो।