arrow

मधेस ग्रामीण विकास परियोजनाको वार्षिकोत्सव 

logo
निरञ्जन साह,
प्रकाशित २०८० असार ३१ आइतबार
madhesh-barsik.JPG

धनुषा । गैरसरकारी संस्थाहरूमध्ये पुरानो संस्था मानिएको मधेस ग्रामीण विकास परियोजनाको १५ औँ वार्षिकोत्सव जनकपुरधाममा मनाइएको छ ।

शनिबार एक समारोहबीच परियोजनाको १५ औँ वार्षिकोत्सव मनाइएको हो । विगत १५ वर्षदेखि निरन्तर सरकारलाई विभिन्न कार्यको माध्यमले सहयोग गर्दै आएको मधेस ग्रामीण विकास परियोजना आफ्नो १५ औँ वार्षिकोत्सव मनाएका छन् ।

कृषि क्षेत्रमा विशेष योगदान दिँदै आएको परियोजनाले मधेस प्रदेश सरकार र स्थानीय सरकारसँगको समन्वयमा विभिन्न उपलब्धिमूलक कार्यहरू गर्दै आएको अध्यक्ष सञ्जय साहले बताए ।

संस्थाका अध्यक्ष सञ्जय कुमार साहको अध्यक्षता तथा मधेस सरकारकी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवको प्रमुख आतिथ्यमा सामाजिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान समेत गरेका छन् ।

गङ्गा आरती सञ्चालन गरी जनकपुरमा क्लीन एण्ड ग्रीन जनकपुरको अवधारणा ल्याएका प्रदेश सांसद राम अशिष यादव, सहकारीका अध्यक्ष ध्रुव नारायण यादव, सञ्चारकर्मी, अधिकारकर्मी, सामाजिक अभियन्ताहरूलाई समेत सम्मान गरिएको छ।

सो क्रममा मन्त्री सुनिता यादवले मधेस ग्रामीण विकास परियोजनालाई सफलताको कामना गर्दै सरकारसँग निरन्तर सहकार्यको लागि प्रोत्साहन गरिन् । 

कार्यक्रममा प्रदेश सांसद राम अशिष यादवले अध्यक्ष एवम् प्रदेश सांसदका प्रत्याशी सञ्जय कुमार साहको लगनशीलताप्रति प्रशंसा व्यक्त गरे । विशिष्ट अतिथिको आसनबाट बोल्दै सांसद यादवले अध्यक्ष साहले संस्थालाई निरन्तर १५ वर्ष सम्म हाँकेको भन्दै गौरवान्वित भएको समेत बताए ।

उनले आगामी कार्यको लागि समेत शुभकामना दिए । सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, लोसपाका केन्द्रीय सदस्य सञ्जय चौधरी, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र महासेठ, नागरिक समाजका अगुवा अमरचन्द्र अनिल, राराबका स्ववियू अध्यक्ष मनिष यादव लगायत दर्जनौँ व्यक्तिको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ