arrow

श्रीदेवीकी छोरी जाह्नवीको सबैभन्दा ठूलो लडाइँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
janhvi-kapoor.JPG

काठमाडौं । बलिउड अभिनेत्री जाह्नवी कपुरले हालै आफ्नी स्वर्गीय आमा श्रीदेवीलाई गुमाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो लडाई भनेकी छन् । 

श्रीदेवीको निधन हुँदा जाह्नवी पहिलो फिल्म ‘धडक’ को सुटिङ गरिरहेकी थिइन् । 

उनलाई त्यस समयमा काम गरिरहने इच्छाशक्ति कायम राख्न र जीवनमा अचानक आएको यो घटनामा बलियो रहन बाटो खोज्न निकै गाह्रो भएको थियो । 

२४ फेब्रुअरी २०१८ मा, श्रीदेवी दुबईको एक होटलको बाथरुममा मृत फेला परेकी थिइन्। 

श्रीदेवी परिवारका साथ भतिजा मोहित मारवाहको विवाहमा सहभागी हुन दुबई गएकी थिइन् ।

जाह्नवी कपुर यतिबेला फिल्म ‘बवाल’ लिएर आउँदै छिन् । 

फिल्म ‘बवाल’मा जाह्नवी र वरुण धवन पहिलो पटक एकसाथ पर्दामा देखिनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ