arrow

पाँच सय ३६ गर्भवती र सुत्केरीको उद्धारः मन्त्री आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
surendraraj-acharya-2080-03-27.jpg

काडमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाइ उद्दारमा बजेट अभाव नभएको बताएका छन् । 

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री आचार्यले दुर्गम क्षेत्रमा गर्भवती र सुत्केरी महिलाको हवाइ उद्धार गर्नका लागि बजेटको कमी नरहेको बताएका हुन् । 

उनले आगामी आर्थिक वर्षमा सो कार्यक्रमको प्रभावकारिता हेरेर थप परिमार्जन गर्ने र निरन्तरता दिने उल्लेख गरे । 

उनले मन्त्रालयले हालसम्म ५३६ जनाको हवाइ उद्धार गरिसकेको जानकारी दिए । मन्त्री आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगतामैत्री नमूना मन्त्रालयको रुपमा विकास गर्ने काम अगाडी बढिरहेको पनि बताए । 

उनले मन्त्रालयले दिएको सशर्त अनुदानको प्रभावकारीताको अनुगमन गरिनेसमेत बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ