arrow

पाँच स्रष्टा पुरस्कृत

logo
निरञ्जन साह,
प्रकाशित २०८० असार २८ बिहिबार
shrasta-samman.JPG

धनुषा । मैथिली भाषा साहित्य सहितका विभिन्न विधामा विशिष्ट योगदान दिएका पाँच जना स्रष्टालाई नेपाल विद्यापति मैथिली पुरस्कार कोषले पुरस्कृत गरेको छ । 

मंगलबार जनकपुरधाममा दुई लाख नगद सम्मान पत्र सहितको भाषा साहित्य पुरस्कार वरिष्ठ साहित्यकार अयोध्यानाथ चौधरीलाई प्रदान गरिएको हो। साथै रमेश कुमार यादवलाई एक लाख नगद सहित नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तैगरि १ लाख रकमको पाण्डुलिपि पुरस्कार महेन्द्र कुमार मिश्र, १ लाख धन राशिको कला संस्कृति पुरस्कार गायक डा. आभाष लाभ र अभिनेता वैद्यनाथ पटेललाई प्रदान गरेको छ । दुवै जनालाई ५०-५० हजारको दरले रकम प्रदान गरिएको छ । 

पुरस्कार अर्पण समारोहमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले महाकवि विद्यापति मैथिली साहित्यको क्षेत्रमा गरेको योगदान चिरकाल पर्यन्त स्मरणीय रहने बताए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ