arrow

एसईईमा उत्कृष्ट नतिजा ल्याउनेलाई रोशीको सम्मान

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० असार २५ सोमबार
roshi-see-2080-02-25.jpg

काभ्रे । रोशी गाउँपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। गाउँपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयका तीन विद्यार्थीलाई सम्मान गरेको हो ।

गाउँपालिकाले उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन स्वरुप उत्कृष्ट विद्यार्थीलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

एक कार्यक्रमबीच पालिका अध्यक्ष दिनेश लामाले हरिसिद्धी मावीका प्रशान्त तामाङ, पोक्रा मावीकी हिमानी तामाङ र संगीता रायलाई नगदसहित सम्मान गरे। एसईईमा प्रशान्तले ३.७० तथा हिमानी र संगीताले समान ३.५५ जिपीए ल्याएका थिए।

अध्यक्ष लामाले शैक्षिक गुणस्तरमा सुधार र वृद्धि होस् भन्ने हेतुले उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गरिएको बताए। 

उनले सम्मानित विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको समेत कामना गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ