- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा आज दिउँसो १ बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक सारिएको छ ।
प्रधानमन्त्री प्रचण्डको आग्रहमा आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्ने गरी सभामुख देवराज घिमिरेले सारेको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
‘प्रधानमन्त्रीको अनुरोधमा सभामुखले १ बजेका लागि तय गरेको बैठक दुई घण्टापछि सार्नुभएको छ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेर बैठकको समय सार्न अनुरोध गरेपछि सभामुख घिमिरेले दुई घण्टापछि बस्नेगरी सारेका हुन् ।
संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । सिंहदरबारमा भएको छलफल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि उपस्थित भएका छन् ।