arrow

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २३ शनिबार
narayanghad-mugling-2080-03-23.jpg

मुग्लिन । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध  भएको छ । शनिबार अपरान्ह ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको  छ ।

अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिए । पहिरो पन्छाइ सडक सञ्चालन गर्न समय लाग्ने उनले बताए । 

यसपालिको बर्खामा पटक पटक इन्छाकामनामा पहिरो गइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ