arrow

एलओडीमा बालिका छिराउने दुई सञ्चालकविरुद्ध पक्राउ पुर्जी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
lod-thamel-2080-03-21.jpg

काठमाडौँ । काठमाडौँको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  

ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

क्लबमा बालिका प्रवेश गराएको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । पक्राउ पुर्जी जारी भएसँगै ललितपुर प्रहरी परिसरले उनीहरुको खोजी गरिरहेको छ । 

गत ३१ जेठमा एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन् । सोही घटनाले एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन प्रहरीले खोजिरहेको हो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ