सार्वजनिक जग्गा भूमाफियालाई दिन लागेको भन्दै महानगर अगाडि विरोध [तस्बिरसहित]
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
1.6k
Shares
ललितपुर । ललितपुर महानगरले सार्वजनिक जग्गा व्यापारिक प्रयोजनका निम्ति भूमाफियाहरुसँग सम्झौता गरिएको भन्दै महानगर अगाडि विरोध प्रदर्शन भएको छ ।
दुई दर्जनको संख्यामा पुगेका टोल विकास संस्था र समाज लगायतले प्रदर्शन गरेका हुन् । उनीहरुले जनताको इच्छा विपरीत निर्णय गरेको भन्दै निर्णय फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् ।